काठमाडौंकाे सितापाइलामा एकै परिवारका ३ जनाको हत्या

काठमाडौं, ९ फागुन । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ ।

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा हत्या गरिएकाे अवस्थामा आमा र दुई छोरीको शव कोठामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

प्रहरीका अनुसार ३९ वर्षीया आमा र अन्दजी ७/८ वर्ष र २ वर्षीया छोरीको हत्या भएको हो ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेकोले थप जानकारी केही बेरमा आउने प्रहरीले जनाएको छ