सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ, ११ फागुन । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई प्रहरीले पक्राउ गरिएको हो ।अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेकाे केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

[bsa_pro_ad_space id=69]

प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ ।

 

[bsa_pro_ad_space id=68]