नेकपा एमालेको सचिवालय बैठक च्यासलमा बस्दै
काठमाडौं, २५ फागुन । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएकाे छ
जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।