महरालाई पुर्याइयाे सिआइबी
काठमाडौं, ५ फागुन । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व समाभुख कृष्णबहादुर महरालाई पक्राउ गरी यती एयरलाइन्सको विमान मार्फत काठमाडौं ल्याइएको छ ।
काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा लगेर अनुसन्धानका लागि सोधपुछ गरिने भएको छ ।
महरालाई विमानस्थलबाट सिधै गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालय लगेर सोधपुछ गरिने ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले बताए ।
महरालाई भेप प्रकरणमा थप अनुसन्धानका लागी म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।