चिसापानीस्थित कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएनन्

काठमाडौं, १३ चैत्र । फागु खेलेर कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन्।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षीय लोकेन्द्र शाही सोमबार दिउँसो फागु खेल्ने क्रममा कर्णालीको पुलबाट हाम फालेका थिए । शाहीसहित १७ युवाले पुलबाट हाम फालेका थिए । १६ जना नदीबाट निस्के भने शाही बेपत्ता भएका थिए।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिनुभयाे । उहाँका अनुसार शाहीको खोजीमा गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ।