डिशहोम फाईबरनेटले गर्याे “क्याच द बिग अफर” सार्वजनिक

काठमाडाैं, १३ चैत्र । डिशहोम फाईबरनेटले ग्राउन्डब्रेकिंग “क्याच द बिग अफर” सुरु गरेको छ।

डिशहोमकाे यस योजना अन्तर्गत, ग्राहकहरूले अब पत्यार नलाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन्।

१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र रु. ७,५२२ मा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, त्यस्तै २०० एमबीपीएस प्याकेजको मूल्य मात्र रु. ७,७८८ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र रु. ९,९१२ मा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् ।

यती मात्र नभएर डिशहोम फाईबरनेटले प्रत्येक प्याकेजको साथ नि:शुल्क फाइभ-जी राउटर पनि प्रदान गर्दैछ । यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो ।

यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलर दाई कहाँ संपर्क गर्न सकिनेछ ।