पँधेरामा नुहाउन गएकी युवतीको विभत्स हत्या
काठमाडौं, १४ चैत्र । पाल्पामा एक युवतीको विभत्स तरिकाले हत्या भएकाे छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ वर्षीया पद्मा सुनारको विभत्स तरिकाले हत्या भएकाे अवस्थामा शव भेटिएको हाे ।
उनी कक्षा १२ मा अध्ययनरत थिइन् । सुनारको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जनाएकाे छ ।
घर नजिकैको पँधेरोमा नुहाउन गएकी सुनारको धारिलो हतियारले शरीका विभिन्न भागमा प्रहार गरेर हत्या गरेको अवस्थामा स्थानीयले हिजो साँझ शव फेला पारेका थिए । दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्दा हत्या गरेर फालेको अवस्थामा उनको शव भेटिएको स्थानीयले बताए ।
सुनारको घाँटी र हातका औलाहरू काटिएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बिहानदेखि अनुसन्धान थालिएको बताए ।