त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद

काठमाडौँ, १४ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ ।

कतार एयरबाट विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरेर प्रहरीले आज सार्वजनिक गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट चेक जाँच गर्ने क्रममा एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ मङ्गलबार फेला पारी बरामद गरिएको जानकारी दिनुभयो ।

उक्त बरामद गरिएकाे लागूऔषध चरेश कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको थियाे ।

उहाँका अनुसार बरामद गरिएको उक्त पदार्थको थप अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *