महाराजगञ्जका वडाध्यक्ष घुससहित पक्राउ
रुपन्देही । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं २ का वडा अध्यक्ष अजिर अलि मुसलमान घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष मुसलमानलाई घुससहित पक्राउ गरेकाे हाे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा रंगेहात कार्यालयबाट नै नियन्त्रणमा लिएको जनाएकाे छ ।
आयोगकाे कार्यालय बुटवलका सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित वडा अध्यक्ष मुसलमानलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
उनले घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको अख्तियारले जनाएकाे छ ।