जनबहा: द्य: ( सेतो मत्स्यन्द्रनाथ )रथ यात्राका लागि उपसमिति गठन

काठमाडाैं, २० चैत्र । काठमाडाैंकाे जनबहालमा रहेकाे सेताे मछिन्द्रनाथकाे रथ यात्राका लागि उपसमिति गठन गरिएकाे छ ।
यही आउँदाे बैशाख ४ गतेदेखि सुरूहुने सेताे मछिन्द्रनाथकाे रथ यात्राका लागि साेमबार बसेकाे बैठकले निलकाजी शाक्यकाे सभापतित्वमा बैठक सम्पन्न गरेकाे हाे । बैठकमा शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन उपसमितिकाे जिम्मेवारी रवि तण्डुकारलाई दिएकाे छ ।
त्यस्तै स्वयंसेवक परिचालनकाे जिम्मेवारी बालकृष्ण महर्जन, महिला स्वयंसेवक परिचालनकाे जिम्मेवारी नानीहेरा महर्जन र मिरा महर्जन ताम्राकारलाई दिएकाे छ । बैठकले सांस्कृतिक बाजा व्यवस्थापन पञ्चनारायण महर्जन, संघसंस्था परिचालन दिपक महर्जन, नेपाल स्काउट परिचालन रञ्जनलाल श्रेष्ठ, रथ निर्माण र गुथि संस्थान समन्वय, रुट निरीक्षण अमित बज्राचार्य, रेडक्रस अञ्जना मास्के, रथकाे साजसज्जा व्यवस्थापन सुदन मुनिकार, घःमाः व्यवस्थापन नरेश महर्जनलाई दिएकाे छ ।
समितिकाे संयोजकमा सुजीव बज्राचार्य रहनुभएकाे छ भने उपसंयोजकमा गणपतिलाल श्रेष्ठ रहनुभएकाे छ । बैठकले रथ तान्नका लागि रथ गुडाउने बाटाेकाे निरीक्षण बुधबार जमलमा रहेकाे तीनधारा पाठशालाबाट लगन सम्म गरिने जनाएकाे छ ।