नेकपा एमाले सिन्धुपाल्चोककाे अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित
काठमाडौं, २१ चैत्र । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ विजयी हुनुभएकाे छ ।
एमाले सिन्धुपाल्चोकको १० औं अधिवेशनबाट ३ सय ६३ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएकाे हाे ।
मंगलवार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठले ३ सय ६३ मत प्राप्त गर्नुभएकाे छ भने अध्यक्षका प्रत्यासी निवर्तमान जिल्ला अध्यक्ष कमल नेपालले ३ सय ४९ मत प्राप्त गर्नुभएकाे थियाे ।
उपाध्यक्षमा अर्जुनकुमार भण्डारी विजयी हुनुभएकाे छ भने सचिवमा कृष्णगोपाल तामाङ चार सय ३ मत ल्याएर निर्वाचित हुनुभएकाे छ । उपसचिवमा शिवहरि सापकोटाले तीन सय ३६ मत ल्याएर विजयी हुनुभएकाे छ ।
महिलातर्फ उपसचिवमा सुशीला पाख्रिनले चार सय ५६ मत ल्याएर निर्वाचित हुनुभएकाे छ भने विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका छन्।
निर्वाचन समितिका अनुसार पदाधिकारीसहित ४४ पदमा चुनाव भएको थियाे। अधिवेशनमा ७ सय ४७ प्रतिनिधिबाट १ यस ५ सदस्यीय कमिटी चुनिएको छ।
