सुहाङको मनोनयन दर्ता, प्रस्तावकमा रविन्द्र सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा

इलाम, २४ चैत । इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको लागि नेकपा (एमाले) का र नेकपा (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराउनु भएको छ ।

मनोनयन दर्ता अघि सहिद रत्नकुमार वान्तावा, आदिकवि भानुभक्क्त आचार्य, सहिद वम वान्तावा, राष्ट्रिय बिभूति शङ्खधर साख्वाका शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

उहाँको प्रस्तावकमा रविन्द्र सुवेदी (रामप्रसाद सुवेदी) र समर्थकमा धीरेन्द्र शर्मा रमण हुनुहुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य समेत रहनु भएका शर्मा माओवादीका तर्फबाट उम्मेदवारको लागि पहिलो नम्बरमा सिफारिस हुनुभएको थियो । सुवेदी नेकपा (एमाले) इलामका उपसचिव हुनुहुन्छ ।