नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, २ वैशाख । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।