राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्दै

काठमाडाैं, ६ वैशाख । प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहान ११ बजे बस्ने छ ।

बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग तथा अन्य सडकमा विषयमा छलफल हुने संसद् सचिवालयले जनाएकाे छ।

नेपाली सेनाले तराई—काठमाडौं जोड्ने द्रुतमार्गका अलावा खाँदबारी—किमाथाङ्काअन्तर्गत च्याम्ताङ—घोङघप्पा, तुषारपानी—टिङ्कर, बेनीघाट—आरूघाट—लाकेभञ्ज्याङ, घाटपारीचौर—बद्रिगाउँ—भुक्काखोला, लालीबगर—दुल्लीकुना आदि सडकमा काम गरिरहेको छ।

काठमाडौं—तराईमधेस द्रुतमार्ग २०७४ वैशाख २१ गते निर्माण सुरू भएको हो। हालसम्म उक्त सडकमा ४१.५६७ किलोमिटर सडकमा ठेक्का लागेर निर्माणाधीन छ। ६.५ किलोमिटर खण्डमा भने ठेक्का लाग्न नै बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *