कतारका राजा आउने दिन भोलि सार्वजनिक बिदा
काठमाडौं, १० वैशाख । नेपाल सरकारले कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।