तराई–मधेसमा तीन दिन तातो हावा चल्न सक्ने सम्भावना

काठमाडाैं, १० वैशाख । मौसम पूर्वानुमान महाशाखाले तराईका सुदूरपश्चिम, लुम्बिनी तथा मधेस प्रदेशका जिल्लामा तातो हावा चल्न सक्ने बताएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको र यो क्रम वैशाख १४ गतेसम्म रहनसक्ने प्रक्षेपण गर्दै यस्ताे सूचना गरेकाे हाे ।

लुम्बिनी तथा मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको तराईका भू–भागको थोरै स्थानहरूमा पछिल्लो एक दुई दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ

महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार भैरहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको छ। भने सिमराको ४०.०, जनकपुरको ३९.४, धनगढीको ३८.८ नेपालगञ्जको ३८.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ। काठमाडौंको तापक्रम ३३.१ रहेको जनाएकाे छ।

तापक्रम बढ्दै जाँदा तातो हावा तथा तातो लहर चल्न सक्ने महाशाखाको आकलन छ। जसबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने आदि समस्या निम्तने भएकाले सावधानी अपनाउन आग्रह गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *