काठमाडाैंकाे धुम्वाराहीबाट नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने प्रिन्सिपल पक्राउ

काठमाडाैं, १६ वैशाख । काठमाडाैंकाे धुम्वाराहीबाट नक्कली परिक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको आरोपमा एक जना प्रिन्सिपल पक्राउ परेका छन्।

धुम्बाराही स्थित प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत उक्त अभियाेगमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी नवराज अधिकारीले प्रिन्सिपल महतलाई पक्राउ गरिएकाे जनाएकाे छ ।

प्रिन्सिपल महतले कक्षा १२ मा एक जना विद्यार्थीको नाममा अर्कैको फोटो टाँसेर परीक्षा दिन लगाएको फेला परेकोले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *