सर्वोच्च अदालतले गर्याे गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज

काठमाडाैं, १७ वैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत लिन बाटो खुलेकाे छ ।

साेमबार सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरे सँगै मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुलेको हो ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै दायर गरेकाे रिटलाई सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले खारेज गरेको हो ।

२५ चैत २०७९ मा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार दीपक मनाङेको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।सोही आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *