झापाको दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

विराटनगर, २१ वैशाख । झापाको दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।

कक्षा १२ काे परिक्षा दिएर फर्कदै गरेकी हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

प्रहरीका अनुसार अधिकारी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । उनि माथि सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो ।