गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी, २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त हुनुभएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिनुहुने भएको हो ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराउनुभएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिनुभयो ।

अधिकारीले वैशाख २४ गतेसम्म विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले एक दिन अघि नै विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *