सन्दीप लामिछानेको पुनरावेदन मुद्दा आज पहिलाे नम्बरमा
काठमाडौं २३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतको पेसी सूचीको पहिलो नम्बरमा परेको छ ।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएसंगै मुद्दाले अग्राधिकार पाएको हो ।
आज उच्चका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले मुद्दाको सुनवाइ गर्नेु गर्नुहुनेछ ।
यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिनुभएकाे थियाे ।
सन्दीपका लागि आज सुनवाइ हुनु निकै महत्वपूर्ण छ । यदि मुद्दा तत्काल किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी टी-२० विश्वकपमा भाग लिन सक्ने ढोका खुल्ने छ ।