आजदेखि बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा ‘सरकारी कामकाजको भाषा’
काठमाडौं, २४ वैशाख । आजदेखि बागमती प्रदेशमा नेपाल (नेवारी) र तामाङ भाषा सरकारी कामकाजको भाषा बनेका छन्।
काठमाडाैंकाे वसन्तपुरमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषालाई प्रदेशको कामकाजको भाषा घोषणा गर्नुभयाे।
बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो। अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक नेपाल भाषा र तामाङ भाषामा लेखिएको हुनेछ।
