मुख्यमन्त्री अधिकारीले गरेे मन्त्रिमण्डल विस्तार, एमालेका २ मन्त्री थप
कास्की, २४ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गर्नुभएकाे छ ।
उहाँले विश्वासको मत लिनुभएकाे भोलिपल्टै मन्त्रिमण्डल विस्तार गर्नुभएकाे हाे ।
मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गर्नुभएकाे छ । उहाँले आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्याउनुभएका छन् ।
उहाँले कास्कीका वेदबहादुर गुरुङलाई ऊर्जा र स्याङ्जाकी सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएकाे छ ।
यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भइसक्नुभएकाे छ ।