बाँकेमा प्रहरीले चलायो गोली, लागुऔषध कारोबारी पक्राउ
काठमाडौं, २७ वैशाख । बाँकेमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएका छन् ।
प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।
प्रहरीले कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको स्रोतले जनाएको छ ।
त्यसैगरी ब्यूरोले सोही स्थानका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले छ ।