काभ्रेको जिराेकिलाेमा रुखमा सिक्रीले बाँधेर जलाएको अवस्थामा शव भेटियो
काठमाडौं, २८ वैशाख । काभ्रेपलाञ्चाेक जिल्लाकाे पाँचखाल नगरपालिका जिराेकिलाेस्थित रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।
वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा रहेकाे खाेल्साछेउमा निर्ममरूपले जलाएकाे अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शव पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना ५–७ दिन अघिको हुन सक्ने अनुमान छ भने शवको पहिचान हुन सकेको छैन ।