बत्तिसपुतलीमा एक युवकको हत्या, ४ जना पक्राउ

काठमाडौं, ३० वैशाख । काठमाडौंको बत्तिसपुतलीमा मोरङ घर भएका एक युवकको हत्या भएको छ। बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार साँझ हत्या भएको हो ।

आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी अस्पताल लगिएपनि उनकाे मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले जानकारी दिनुभयाे।

प्रहरीले हत्यामा संलग्न रहेकाे आशंकामा ४ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार घटना आपसी विवादकाे कारण भएकाे देखिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।