कोशीमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
विराटनगर, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनुभएकाे छ ।
संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका हिक्मत कार्कीले आज विश्वासको मत पाउनुभएकाे हाे ।
६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उहाँले ५७ मत पाउनुभएकाे छ । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । उहाँको विपक्षमा भने शून्य मत परेको थियो ।
मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएकाे थियाे ।
विश्वासको मत पाउनुभएपछि मुख्यमन्त्री कार्कीले एक साताभित्र सरकार विस्तार हुने बताउनुभयाे । उहाँले सत्ता साझेदार दलसँग सल्लाह गरेर सरकार विस्तार गर्ने पनि बताउनुभयाे ।
आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।