कोशी प्रदेश सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जसपामा गरिन सनाखत

विराटनगर, १ जेठ । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोज्नुभएकाे छ ।

जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो ।

मंगलबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई लिम्बुले आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गर्नुभएकाे हाे ।

कोशी प्रदेशसभामा जसपा नेपालबाट लिम्बु एकमात्र सांसद हुनुहुन्छ। उहाँले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशी प्रदेशसभामा कुनै सांसद बाँकी हुनुहुन्न ।