भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

विराटनगर, २ जेठ । भारत लैजाँदै गरेको २५० किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेका छन् ।

प्रहरीले मंगलबार राति साढे ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद गरिएकाे हो ।

विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाटबाट बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले जानकारी दिनुभयाे ।

भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *