कांग्रेसले सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको छ : अध्यक्ष ओली

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको बताउनुभएकाे छ ।

बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयाे, कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको छ ‘यो देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ ।’

‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन’ उहाँले भन्नुभयाे, ‘यस्तो हुन्छ ? …अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?

अध्यक्ष ओलीले भोलिदेखि एमाले सांसदहरु बहस गर्न तयार भएर संसदमा जाने बताउनुभयाे । ‘हामी बहस गर्न तयार भएर जान्छौं, संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन’।