सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं, ३ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाउनुभएकाे छ ।

विहीबारको प्रदेश सभा बैठकमा नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

सोडारीले पक्षमा २८ मत पाउनुभयाे भने विपक्षमा शून्य मत परेकाे छ ।

बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो

कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए ।

अझैपनि नागरिक उन्मुक्तिभित्र विवाद यथावत् देखिएको छ। विवादकै कारण उन्मुक्तिले मुख्यमन्त्रीको पद पनि गुमाएको थियो।