कांग्रेसले संसदमा असभ्य व्यवहार देखायो : अध्यक्ष ओली
काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसदमा असभ्य व्यवहार देखाएको बताउनुभएकाे छ ।
शुक्रवार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीहरूसंग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले संसदमा कांग्रेसले उत्ताउलोपन देखाएको मात्र नभइ अनेक अपशब्दहरू बोल्दै असभ्य व्यवहार देखाएको बताउनुभयाे ।
उहाँले सरकारबाट कांग्रेसलाई आफूले हटाइदिएको भन्ने लागेर आफूमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गर्नुभयाे ।
बिहीबारको प्रतिनिधि सभा बैठक कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेल भएको थियाे ।
सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरेका थिए ।