ट्राफिक प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ, पक्राउ परेका लागूऔषध सेवनकर्ता

काठमाडौँ, ६ जेठ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहित ६ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे एक निर्माणाधीन घरको भुइँमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए ।

लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा जवान घिमिरे मारिएको हुनसक्ने प्रहरिकाे प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतक जवान घिमिरे खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् ।