राष्ट्रिय प्राथमिक विद्यालय सैलुङमा लायन्स क्लबकाे शैक्षिक सामग्री सहयाेग

काठमाडाैं, ६ जेठ । लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपलगाएतका संस्थाले दाेलखाकाे सैलुङ गाउँपालिका ढुङे ६ मा रहेकाे राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकाे छ ।

सहारा सामाजिक सस्था को समन्वय मा लायन्स क्लब अफ काठमाडाैं फेलाेसिप, लायन्स क्लब अफ सहारा, लायन्स क्लब अफ न्यु ग्रिनसिटी, लायन्स क्लब अफ इन्टरप्रेनरसिपलगाएतका संस्थाले शैक्षिक सामग्री वितरण गरिएकाे हाे ।

लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका अध्यक्ष राजेश हिमालयले राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग, शैक्षिक सामग्री(कापी, पेन्सिल)र पानी खाने बाेतल वितरण गरिएकाे बताउनुभयाे ।

क्लबकाे शैक्षिक सामग्री वितरण कार्यक्रममा क्लबका अध्यक्षहरु राजेश हिमालय ,राजेन्द्र मल्ल ,राजेन्द्र भट्ट, लायन सुसिला श्रेष्ठ ,चन्दिका श्रेष्ठ, भरत कोइराला, कृष्ण हरि केसी ,रिस्ता श्रेष्ठ, ललिता शाक्य विद्यालयका प्र अ सुन्दर खडका, विब्यस अध्यक्ष मिलन मगर, वडा अध्यक्ष दीपक बस्नेतलगाएतका उपस्थित हुनुहुन्थ्याे ।

लायन्स क्लबले भुकम्प, बाढीपहिराेदेखि देशभरिका विभिन्न विद्यालयहरूमा सहयाेग कार्यक्रम चलाइरहेकाे अध्यक्ष राजेश हिमालयले बताउनुभयाे ।