काभ्रेको महाभारतमा पसल सञ्चालक दम्पती मृत फेला, हत्याको आशंका
काठमाडौँ, ९ जेठ । काभ्रेपलाञ्चाेक जिल्लाकाे महाभारत गाउँपालिकामा दम्पती मृत फेला परेका छन् ।
गाउँपालिकाकाे वडा नम्बर ४ स्थित पसल सञ्चालन गरेर बसेका ६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा घरभित्रै भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार दम्पतीकाे हत्या भएकाे आशंका अनुसन्धान थालिएको छ ।
उनीहरुको टाउकोमा हम्मरले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले जानकारी दिए । घटनास्थलमा हम्मर पनि भेटिएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय देवीटार, प्रहरी चौकी फोक्सिङटारको प्रहरी टोली घटनास्थल पुगेको छ ।
बल दम्पतीका दुई छोरा र एक छोरी काठमाडौंमा बस्दै आएको वडाध्यक्ष मोक्तानले बताए ।