कांग्रेसको अवरोध पछि प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
काठमाडौं, ११ जेठ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विपक्षी दल कांग्रेसले प्रतिनिधि सभा बैठकमा अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो ।
अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे ।यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले पनि संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।
समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बसे पनि कुरा मिल्न सकेको छैन तर विपक्षी दल नेपाली कांग्रेस केही लचकता भने देखाएकाे छ ।