सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस
जनकपुरधाम, ११ जेठ । नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सिफारिस गरेको छ ।
सरकारी वकिलकाे कार्यालयले पहिलो दिन ५ दिनको म्याद थप्न सिफारिस दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो । आज पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिनुभयाे ।
धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको तीन दिनको म्याद आज सकिदैँछ ।
सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ताले आज बहस गर्ने बुझिएको छ ।
नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहियालाई उनकै कर्पाेरेट कार्यालय थापाथलीबाट पक्राउ गरिएको थियो ।
