खगेन्द्र नवजीवन माविमा शिक्षकहरु को क्षमता अभिवृद्धी तालिम सम्पन्न

काठमाडाैं, १३ जेठ । काठमाडाैंकाे जाेरपाटीमा रहेकाे खगेन्द्र नवजीवन माध्यमिक विद्यालयमा शिक्षकहरुका लागि क्षमता अभिवृद्धी तालिम सम्पन्न भएकाे छ ।

तालिम लोप्सान डोल्मा धाख्वाकाे आर्थिक सहयाेग र इसिएलएफ नेपालकाे प्राविधिक सहयाेगमा सम्पन्न भएकाे हाे ।

[bsa_pro_ad_space id=69]

कार्यक्रमको प्रमुख आतिथि गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले कार्यक्रमकाे सम्बोधन गर्दै विद्यालयको भौतिक शैक्षिक बिकासको लागि गोकर्णेश्वर नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयाे ।

तालिम कार्यक्रममा सहभागी शिक्षकहरुलाई प्रमाणपत्र वितरणका क्रममा इसिएलएफ नेपालका अध्यक्ष बन्दना एल श्रेष्ठले देशका धेरै विद्यालयमा इसिएलएफ नेपालले शिक्षकहरुका लागि शैक्षिक बिकासको लागि क्षमता अभिवृद्धी तालिम सञ्चालन गरिएकाे बताउनुभयाे

कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष नवराज लामा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश अर्याल, प्रधानाध्यापक राधव दवाडी, किरण बाबू धिताललगाएतका उपस्थित रहेकाे थियाे ।

 

 

 

[bsa_pro_ad_space id=68]