नेकपा (एमाले) का ५९ जिल्ला हाँक्ने २ सय ९५ पदाधिकारी (नामसहित)
मोहन बास्तोला
काठमाडौं, २० जेठ । नेकपा (एमाले)ले अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । एमालेले जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सकाउनुपर्ने भएकाले बाँकी जिल्लाको अधिवेशन पनि धमाधम भैरहेको छ । एमालेबाट प्राप्त तथ्याङ्क अनुशार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । १८ जिल्ला मध्ये पनि मकवानपुरको अधिवेशनको उद्घाटन भएर निर्वाचन प्रक्रिया अघि बढेको छ । बाँकी मध्ये पनि सात जिल्लाको अधिवेशनको मिति तोकिएको छ भने ११ जिल्लाको मिति तोक्न बाँकी छ ।
प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ । प्यूठान जिल्लाको पनि अधिवेशन भैरहेको छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी रहेको एमालेले जानकारी दिएको छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।
अहिलेसम्म कोशी प्रदेशमा इलाम, मोरङ, तेह्रथुम, मधेस प्रदेशको सप्तरी, सिराह र धनुषा, बागमतीका काभ्रेपलान्चोक, नुवाकोट र काठमाडौं, गण्डकीको मनाङ, लुम्बिनीका अर्घाखाँची, गुल्मी र रुपन्देही, कर्णालीको डोल्पा र सुदुरपश्चिमका बझाङ, अछाम र डोटीको अधिवेशन हुन बाँकी छ ।
५९ जिल्लाका २ सय ९५ पदाधिकारी यस्ता छन् ।
ताप्लेजुङः अध्यक्ष डम्बरध्वज तुम्हाम्फे उपाध्यक्ष दिपन पोमु, सचिव सन्तोष चाम्लिङ र उपसचिवहरुमा गोपाल न्यौपाने, भिमादेवी ओझा ।
पाँचथरः अध्यक्ष विष्णुप्रसाद सापकोटा, उपाध्यक्ष विरवहादुर कुरुवाङ्ग, सचिव पृथ्वी लावती र उपसचिवहरु तुलसी थापा, कोशिला आङ्देम्वे ।
झापाः अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की र उपसचिवहरु असारु राजवंशी र अनिता कन्दङ्वा
कोशी प्रदेशको मोरङमा निर्वाचन हुन बाँकी छ ।
सुनसरीः अध्यक्ष निलम खनाल, उपाध्यक्ष पर्शुराम यादव, सचिव राम कोइराला र उपसचिवहरुमा इन्द्रकला राई, यामकुमार सुब्वा ।
धनकुटाः अध्यक्ष शिव आङलामे, उपाध्यक्ष चिन्तङ तामाङ, सचिव पर्शुराम नेपाल र उपसचिवहरु नयन विश्वकर्मा र तुलसी राई ।
तेह्रथुमको पनि अधिवेशन हुन बाँकी छ ।
संखुवासभाः अध्यक्ष खड्गबहादुर राई, उपाध्यक्ष् शान्तिकुमार दाहाल, सचिव गोपाल श्रेष्ठ र उपसचिवहरु लेखना बुढाथोकी र सुनिता कार्की कटुवाल ।
भोजपुरः अध्यक्ष मकर खड्का, उपाध्यक्ष किरण राई, सचिव एक्सन राई र उपसचिवहरु रमा राई र दौलत गुरुङ ।
खोटाङः अध्यक्ष देवविक्रम राई उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेन्द्र राई र उपसचिवहरु कविता राई र राजन बनजरा ।
सोलुखुम्बुः अध्यक्ष डुफकुमार बास्तोला, उपाध्यक्ष आसकुमार राई (शिशिर), सचिव कल्पना राई र उपसचिवहरु मिङमार शेर्पा र मोहनकुमारी कार्की ।
ओखलढुंगाः अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा र उपसचिवहरु राजु कटुवाल र अस्मिता थापा ।
उदयपुरः अध्यक्ष भागवत रावत, उपाध्यक्ष कालुमान लामा, सचिव टेकबहादुर रावत र उपसचिवहरु हेमबहादुर खड्का र गंगा राई । कोशीका १४ जिल्ला मध्ये तीन जिल्लाको अधिवेशन हुँन बाँकी रहेको छ ।
आठ जिल्ला रहेको मधेश प्रदेशको सप्तरी, सिराहा र धनुषा जिल्लाको अधिवेशन हुन बाँकी छ
महोत्तरीः अध्यक्ष बलराम यादव, उपाध्यक्ष अम्मिका प्रसाद गौतम, सचिव शम्भु ठाकुर र उपसचिवहरु फेकन राम र विन्दु किङग्रिङ ।
सर्लाहीः अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर प्याकुरेल, सचिव डिल्लीप्रसाद अधिकारी र उपसचिवहरु बलराम एसमाली मगर र विवा नेपाल ।
रौतहटः अध्यक्ष सचिदान्द साह, उपाध्यक्ष रुपेश कुमार पटेल, सचिव बाबुराम दाहाल र उपसचिवहरु मुना लामिछाने र अवधेशकुमार यादव ।
पर्साः अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, उपाध्यक्ष मनोजकुमार गुप्ता, सचिव महेश दास, उपसचिवहरु नविजान मियाँ र सीता तामाङ
बाराः अध्यक्ष अध्यानन्द पाण्डे, उपाध्यक्ष् भुलन चौधरी, सचिव अमृत शर्मा बजगाई र उपसचिवहरु जाइवाहित अन्सारी र भावना आचार्य ।
बागमती प्रदेशका पनि केही जिल्लाको अधिवेशन हुन बाँकी छ । उपत्यकाका ललितपुर र भक्तपुरको भएको छ भने काठमाडौंको बाँकी छ
चितवनः अध्यक्ष कमलराज पाठक, उपाध्यक्षश्यामकुमार विष्ट, सचिव प्रकाश ढुंगाना र उपसचिवहरु मिनबहादुर परियार र ज्वालाकुमारी पुन ।
मकवानपुरको पनि अधिवेशन सकिएको छ, निर्वाचन प्रक्रिया अघि बढेको छ
धादिङः अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अजुर्नकुमार श्रेष्ठ र सचिव राधिका सापकोटा । उपसचिवहरु उर्मिला रेग्मी र भक्तबहादुर लामिछाने ।
नुवाकोटमा पनि अधिवेशन भएको छैन
रसुवाः अध्यक्षमा जनार्दन ढकाल, उपाध्यक्ष कर्साङ नर्वु तामाङ, सचिव पेम्वा तामाङ र उपसचिव सुकबहादुर तामाङ र चमेली गुरुङ ।
सिन्धुपाल्चोकः अध्यक्षमा होमनाथ श्रेष्ठ, उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ र उपसचिवहरु शिवहरी सापकोटा र सुशिला पाख्रिन ।
दोलखाः अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयं खड्का र उपसचिव हरि ओली र कमला बस्नेत ।
रामेछापः अध्यक्ष पुरुषोतम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की र उपसचिवहरु मिलन घिसिङ र मखमली श्रेष्ठ ।
सिन्धुलीः अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ र उपसचिवहरु दिपेश बराल र पार्वती भट्टराई । बागमतीकै काभ्रेका अधिवेशन भएको छैन ।
भक्तपुरःअध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा, सचिव विष्णु तमाङ्ग र उपसचिवहरु उतरा नेपाल र सानुकाजी कायस्थ ।
गण्डकी प्रदेशको मनाङमा अधिवेशन हुन बाँकी छ ।
कास्कीः अध्यक्ष बैनबहादूर अधिकारी, उपाध्यक्ष भेषराज बराल, सचिवदर्शन लामा र उपसचिवहरु लालबहादुर परियार र सन्तु सुवेदी ।
तनहुः अध्यक्ष हरिराज कडेल, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदिपराज अधिकारी, उपसचिवहरु खिम वहदुर कुमाल र सुनिता नेपाली ।
लमजुङः अध्यक्ष राजकुमार विष्ट, उपाध्यक्ष जितवहादुर गुरुङ्ग, सचिव राजेन्द्र वोहरा, उसचिवहरु विवश वुढाथोकी र राममया राना मगर ।
गोरखाः अध्यक्षसुरेन्द्र थापा, उपाध्यक्ष मेनवहादुर अधिकारी, सचिव काजीराम रोका, उपसचिवहरु शान्ति चपागाई र मनोज जोशी ।
म्याग्दीः अध्यक्ष बालकृष्ण सुबेदी, उपाध्यक्ष, प्रमोद श्रेष्ठ सचिव थमसरा पुन, उपसचिवहरु खड्ग गिरी र सतप्रसाद रोका ।
मुस्ताङः अध्यक्ष दिपक लालचन, उपाध्यक्ष छेवाङ्ग रेन्जिङ्ग गुरुङ्ग, सचिव तिलक विश्वकर्मा उपसचिव सम्राट गौचन । मनाङमा अधिवेशन हुन बाँकी छ ।
बाग्लुङः अध्यक्ष हिराहादुर केसी, उपाध्यक्ष विष्णु भुसाल, सचिव गणेश थापा, उपसचिवहरु धन वहादुर परियार र करमती पुन ।
पर्वतः अध्यक्ष गोविन्द पहाडी, उपाध्यक्ष विमल लामिछाने, सचिव सुभाषचन्द्र पौडेल, उपसचिवहरु चण्डीप्रसाद भुर्तेल, विन्दु अधिकारी ।
स्याङ्जाः अध्यक्ष सुर्यप्रसाद गैरे, उपाध्यक्ष महेश पुरी, सचिव रामचन्द्र भटराई, उपसचिव अमृत श्रेष्ठ, चिनमाया गुरुङ्ग ।
नवलपुरः अध्यक्ष जिवन श्रेष्ठ, उपाध्यक्ष अमुनाथ अचार्य, सचिव भिमलाल कँडेल, उपसचिव षडानन्द लामिछाने र कल्पना देवकोटा ।
लुम्बिनी प्रदेशको अर्घाखाँची, गुल्मी र रुपन्देहीमा अधिवेशन हुन बाँकी छ
रोल्पाः अध्यक्ष अमृत वहादुर बुढा, उपाध्यक्ष विजयकुमार घर्ती, सचिव नेपबहादुर थापा, उपसचिवहरु बमबहादुर पुन र रमिता डाँगी ।
रुकुमपूर्वः अध्यक्ष लिलामणी गौतम, उपाध्यक्ष गोपाल रौले, सचिव तेजेन्द्र बुढामग र उपसचिवहरु पशुपति खडका र केशकुमारी तुलाचन ।
पाल्पाः अध्यक्ष ओमवहादुर घर्तीमगर,उपाध्यक्ष विमल काफ्ले, सचिव भोजमान पोखरेल, र उपसचिवहरु दिपक विश्वकर्मा र मिना जिसी ।
नवलपरासी पश्चिमः अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज शर्मा बस्याल, उपसचिवहरु राजनकुमार अचार्य र रिङ्गला यादव ।
कपिलवस्तुः अध्यक्ष वावुराम खनाल, उपाध्यक्ष शंकर पाण्डे, सचिव सीवी गहतराज, उपसचिवहरु देविबहादुर पोखरेल र शुशिला दर्नाली ।
दाङः अध्यक्ष शिव कुमार आचार्य, उपाध्यक्षमनोहर वुढाथोकी, सचिव श्याम डाँगी, उपसचिवहरु भुनेश्वर पौडेल र सिता चौधरी ।
बाँकेः अध्यक्ष निरक गुरुङ्ग, उपाध्यक्ष रत्न खत्री, सचिव वलराम भटराई, उपसचिवहरु निर्मला सुनार किशोर थापा ।
बर्दियाः अध्यक्ष शालीकराम अधिकारी, उपाध्यक्ष् दुर्गा ओली, सचिव पदम ढकाल, उपसचिवहरु संगिता थारु र लहानु थारु ।
कर्णाली प्रदेशको डोल्पामा अधिवेशन भएको छैन
सुुर्खेतः अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोेहनसिंह बडुवाल, सचिव डम्बर प्रसाद तिवारी, उपसचिवहरु टिकाराम सोमै र शुशिला विश्वकर्मा ।
दैलेखः अध्यक्ष सुर्यबहादुर शाही, उपाध्यक्ष प्रेमबहादुर बुढा, सचि हिमालयणजंग शाह, उपसचिवहरु मिनबहादुर बुढा र तारा सोनी विक ।
जाजरकोटः अध्यक्ष नरेन्द्रकुमार शाही, उपाध्यक्ष विश्वविक्रम शाह, सचिव गोपाल नेपाली, उपसचिवहरु तप्त हमाल र सुनिता वोहरा ।
रुकुमपश्चिमः अध्यक्ष नन्दराम देवकोटा, उपाध्क्ष मानविर घर्ती सचिव, शशिराम परियार उपसचिवहरु तिलक वस्नेत र विनुधाना पुन देवकोटा ।
सल्यानः अध्यक्ष भिमबहादुर सेन, उपाध्यक्ष ओजबहादुर वुढाथोकी, सचिव पुष्पा वोहरा, उपसचिवहरु गणेशमान सिंह र सनसीता ओली डिसी ।
जुम्लाः अध्यक्ष शान्तिलाल महत, उपाध्यक्ष प्रेमलाल बुढा, सचिव मानबहादुर रोकाय, उपसचिवहरु धनबहादुर बुढा र मेनका रेग्म ।
कालिकोटः अध्यक्ष तुलाराज मल्ल, उपाध्यक्ष टेकबहादुर बुढा, सचिव पुष्पराज आचार्य, उपसचिवहरु पवित्रा कुमार शाही र तारा कुमारी शाही ।
हुम्लाः अध्यक्ष ज्ञामी बुुमी, उपाध्यक्ष प्रकाशबहादुर शाही, सचि तिर्थराज बोहरा, उपसचिवहरु प्रदीप लामा र मन्जु रावल ।
मुगुः अध्यक्ष पुर्णबहादुर रोकाय, उपाध्यक्ष रत्नसिंह विष्ट, सचिव सुरेन्द्र मल्ल, उपसचिवहरु मदन वाँनिया र होइजाली विश्वकर्मा ।
सुदूर पश्चिम प्रदेशका बझाङ, अछाम र डोटीको अधिवेशन हुन बाँकी छ
दार्चुलाः अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमान्नद जोशी, सचिव उमेश जोशी, उपसचिवहरु कर्ण खडाय र कमला विष्ट पन्त ।
बैतडीः अध्यक्ष नरेशकुमार विश्कर्मा, उपाध्यक्ष लोकेन्द्र भण्डारी, सचिव हजारी साउद, उपसचिवहरु हर्क धानुक र पार्वती भटराई ।
डडेल्धुराः अध्यक्ष गजेन्द्रबहादुर शाही, उपाध्यक्ष दुर्गा गिरी, सचिव सिद्धराज भट्ट, उपसचिवहरु प्रकाश बोहरा र इन्दिरा ताम्राकार ।
बाजुराः अध्यक्ष लालवहादुर ओली, उपाध्यक्ष जनकबाहहादुर बोहरा, सचिव काशी विश्वकर्मा, उपसचिवहरु राजकला सार्की र हरिवहादुर रोका ।
कैलालीः अध्यक्ष यज्ञराज ढुंगाना, उपाध्यक्ष लोकेन्द्रबहादुर शाही, सचिव ममताप्रसाद चौधरी, उपसचिवहरु चुडामणी भट्ट र गंगा चौधरी ।
कञ्चनपुरः अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनकराज अवस्थी, मसचिव पल्वराज भट्ट, उपसचिवहरु अशोक चन्द र राजिव खड्का ।