भारतीय निर्वाचनः ओडिशा विधान सभामा भाजपाको अग्रता, सत्तारूढ बिजेडी पछ्याउँदै

काठमाडाैं, २२ जेठ । भारतमा लोकसभाकाे निर्वाचन सँगै विधानसभा चुनावको मतगणना जारी छ।
ओडिशामा सत्तारूढ भारतीय जनता दल (बिजेडी)लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा)ले अग्रता लिएको हाे ।
द हिन्दुस्तान टाइम्सका अनुसार दिउँसोसम्म ओडिशा विधानसभाका १४७ सिटमध्ये ७६ सिटमा भाजपाले अग्रता लिएको छ। नवीन पटनायक नेतृत्वको बिजेडी ५३ सिटमा अगाडि छ। १२ सिटमा कंग्रेस अगाडि छन् ।
अघिल्लो निर्वाचनमा बिजेडीले ११२ विधानसभाका ११२ सिट जितेको थियो। त्यतिबेला भाजपाले २३ सिट र कंग्रेसले ९ सिट जितेको थियो। विधान सभामा सरकार गठनका लागि कम्तिमा ७४ सिट जित्नुपर्छ।