बारामा गोली प्रहार गरेर घाइते बनाइएका क्याम्पस प्रमुखको मृत्यु

बारा, ३२ जेठ । बारामा गोली प्रहार गरेर घाइते बनाइएका रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताउनुभयाे ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएकाे छ ।