वटु बासुरी खलःले गर्याे संस्कृति जगेर्नाका लागि बासुरी प्रशिक्षण

काठमाडौं, ४ असार । वटु बासुरी खलःले आफ्नाे संस्कृति जगेर्नाका लागि नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नका लागि बासुरी प्रशिक्षण सुरुवात गरेका छन् ।

काठमाडाैंकाे २२ वडामा रहेकाे वटु टाेलमा श्री नाथेश्वर छुट गुथि र वटु बासुरी खलः समाजले नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नका लागि बासुरी प्रशिक्षण सुरुवात गरेका हुन् ।

यस संस्थाले यःमरी पुन्हीको अवसरमा मंसिर ३० गते मनाइने ज्यापू दिवसमा बजाउने बासुरीका बारेमा यस्तो प्रशिक्षण दिदैँ आएका हुन् ।

यस संस्थाले यस अघि पनि यस्ताे प्रशिक्षण पटक पटक दिंदै आएका छन् । यस संस्थाले ज्यापू दिवसका तयारीका लागि यहि असार १ गतेबाट यो प्रशिक्षण सुरु गरेका हुन् ।

वटु बासुरी खलःका अध्यक्ष सञ्जिव महर्जनले यस्तो प्रशिक्षण पटक पटक दिंदै आएकाे र यस वर्षपनि २५ जनालाई प्रशिक्षण दिन लागेकाे बताउनुभयाे । उहाँले सीप हस्तान्तरणले संस्कार र संस्कृति जगेर्नामा भावी पुस्ताकाे पनि उतिकै याेगदान रहाेस भनि प्रशिक्षण चलाएकाे बताउनुभयाे ।

त्यसैगरी श्री नाथेश्वर छुट गुथिका अध्यक्ष शान्तराज महर्जन पनि आफ्नो संस्कृति र कला बचाइराख्न यस्तो कार्यक्रमलाई निरन्तरता दिएको बताउनुहुन्छ । यी संस्थाले बासुरीसँगै अन्य बाजाकाे पनि प्रशिक्षण दिदैँ आएकाे र आगामी दिनमा पनि यस्ताे प्रशिक्षण दिन तयार रहेकाे जानकारी दिए ।