माओवादीको कारबाहीमा परेका फणीन्द्र देवकोटा सर्वोच्च अदालतमा पुगे
काठमाडौं, ६ असार । नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुग्नुभएकाे छ । देवकोटा माओवादीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालत पुग्नुभएकाे हाे ।
सर्वोच्च पुगेर उहाँले गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सभा सचिवालय, माओवादी केन्द्रीय कार्यालय, गण्डकी प्रदेश संसदीय दल, प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गर्नुभएकाे छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिनेक्रममा उहाँले ‘फ्लोर क्रस’ गरेर मत दिनुभएपछि माओवादी संसदीय दलले देवकोटालाई कारबाही गरिएको पत्र पठाएको थियो । सभामुख घितालले माओवादीले पठाएको पत्र प्रदेश सभा बैठकमा सुनाएपछि देवकोटा सांसद पदबाट निलम्बनमा पर्नुभएकाे थियाे ।
रिटमा उहाँले आफू नेसपाको सांसद भएकाले माओवादीले कारबाही गर्न नमिल्ने जिकिर गर्नुभएका छन् । माओवादीको चुनाव चिह्नबाट लडेको भए पनि निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको सांसदकै रूपमा प्रमाणपत्र दिएको देवकोटाले उल्लेख गर्नुभएकाे छ ।
देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेशको माग गर्नुभएकाे छ ।