ललितपुरमा ४० वर्षीय पुरूषमाथि खुकुरी प्रहार

ललितपुर, ७ असार । ललितपुरमा एक जना ४० वर्षीय पुरूषमाथि खुकुरी प्रहार भएको छ।

ललितपुर महानगरपालिका-९ घर भएका ४० वर्षीय मनोज कुमार बानियाँमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको हो।

ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ललितपुरकाे छेडामा बतासे कटेज सञ्चालनका लागि संरचना निर्माण गर्दै गरेको अवस्थामा उनीमाथि एक समूहले खुकुरी प्रहार गरेको हो।

प्रहरीका अनुसार केही दिनअघि एक समूहसँग बानियाँको विवाद भएको थियो। शुक्रबार एक्लै भएकाे बेला बानियाँमाथि खुकुरी प्रहार भएको ‍प्रहरीले जनाएकाे छ ।

बानियाँ लाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको छ भने खुकुरी प्रहार गर्ने समूहकाे खाेजीकार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *