संविधान संशोधन पश्चगमन होइन : एमाले अध्यक्ष ओली

काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताउनुभएकाे छ ।

आइतबार बसेको नेकपा एमालेकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको , आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताउनुभयाे।

उहाँले भन्नुभयाे, ‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौं । ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो’ । ‘राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’

संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने उहाँले बताउनुभयाे, ‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरु सहितको राष्ट्रिय सरकार बनाउँदैछौं । यो सरकारमा सबैले सहभागी हुनुपर्छ’, उहाँले भन्नुभयाे ।

बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *