अफलाइन राइडिङमा दुर्घटना गराएर फरार रहेका ३ अभियुक्त पक्राउ

काठमाडौं, २४ असार । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराएर फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई प्रहरीले गोंगबु एरियाबाट पक्राउ गरेको हाे । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ-८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर-४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयाे ।

एसपी अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजे गोंगबुबाट हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए । तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीको आरोप छ ।