प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न एमालेले जारी गर्याे ह्वीप

काठमाडौं, २६ असार । नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले पर्सि २८ गते शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।