माओवादी केन्द्रकाे संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
काठमाडाैं, २६ असार । माओवादी केन्द्रकाे संसदीय दलको बैठक सुरू भएको छ।
सिंहदरबारस्थित पार्टीको संसदीय दल कार्यालयमा बैठक दिउँसोकाे सवा २ बजेपछि सुरू भएको हो।
बैठकमा पछिल्लो राजनीतिक परिस्थित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट लिन लागनुभएकाे विश्वासको मतबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसदबाट विश्वासको मत लिँदैहुनुहुन्छ ।
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले कांग्रेससँगकाे सहमतिमा सरकार बनाउने भएसँगै सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो।
एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। दुई प्रमुख दल मिलेर सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चितप्रायः छ।