एटिएम मेसिन तोडफोड गरेकाे अभियोगमा दुईजना पक्राउ

काठमाडौँ, २६ असार । माछापुच्छ्रे बैँकको एटिएम मेसिन तोडफोड गरेकाे अभियोगमा दुईजना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ्रे
बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीले नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको जनाएकाे छ ।