नागरिक उन्मुक्तिले पनि गर्याे सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं, २६ असार । नागरिक उन्मुक्ति पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।
सहभागी एक नेताका अनुसार बैठकले विश्वासको मत पनि नदिने निर्णय गरेको छ । संघीय संसद्मा नागरिक उन्मुक्तिका चार सांसद छन् ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिदैँछन् ।